एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी ओमनविरुद्धको खेलमा अलराउन्डर कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् ।
एसिसी प्रिमियर कप क्रिकेटकाे दाेस्राे खेलमा नेपालका कुशल मल्लले ५९ बलमा शतक प्रहार गरेका छन्। एकदिवसीय खेलमा चार अर्धशतक बनाएका कुशलले करिअरकै पहिलो शतक बनाएका हुन् । उनले पहिलो शतक प्रहार गर्ने क्रममा ओमानविरुद्ध ५९ बल खेल्दै ९ चौका र ९ छक्काको सहयोगमा शतक पूरा गरेका हुन् । कुशल मल्ल नेपालका लागि सर्वाधिक कम बलमा शतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् ।
मल्लले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं शतक पुरा गरेका हुन् । उनीभन्दा अघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।
मल्लको शतकसँगै नेपालले २ सय रनको आँकडा पुरा गरेको छ। नेपाल कुशलको शतकसँगै बलियो अवस्थामा पुगेको छ। खराब ब्याटिङका कारण धरासायि बनेको नेपालका लागि मल्लले विष्फोटक इनिङ खेल्दै नेपाललाई २ सय माथिको स्कोरमा अघि बढाएका छन् ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४० ओभरमा ६ विकेट गुमाएर खेलिरहेको छ।
प्रतिक्रिया