पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो अनुबन्धनसँगै साउदी अरेबियाको क्लब अल नसरको इन्स्टाग्राम एकाउन्टमा फलोअर्सको बाढी आएको छ। रोनाल्डोको अनुबन्धन अघि अल नसरको इन्स्टाग्राममा एक मिलियन भन्दा कम फलोअर्स रहेका थिए।
अल नसरको इन्स्टाग्राम फालोअर्स ७ गुणाभन्दा बढीले बढेर साढे ७ मिलियन पुगेको छ।
अल नसरले २०२२ डिसेम्बर ३० मा रोनाल्डोलाई आधिकारिक रुपमा क्लबमा अनुबन्धन गरेको जानकारी दिएको थियो।
रोनाल्डो साउदी क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२५ सम्म साउदी अरेबियामा रहनेछन्।
रोनाल्डोले अल नसरबाट वार्षिक १ सय ७५ मिलियन पाउन्ड पारिश्रमिक पाउनेछन्।
प्रतिक्रिया