२३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा नेपाल अन्तर्राष्ट्रिय आयुष घलानले उत्कृष्ट राष्ट्रिय फुटबलर अवार्ड २०८० पाउने भएका छन् । आयुषलाई रु ५०,५५५/- प्रदान गरिने छ जसलाई सहारा क्लब पोखराका मानार्थ सदस्य खेम विद्र गुरुङले प्रायोजन गर्नेछन् ।
आयुष घलान (जन्म २१ फेब्रुअरी २००४) नेपाली फुटबलर हुन् जसले नेपाल सुपर लिग क्लब पोखरा थन्डर्स र नेपाली राष्ट्रिय टोलीका लागि फरवार्डको रूपमा खेल्छन्। उनले सन् २०२२ को जुन २०२१ मा भएको फिफा विश्वकप छनोटमा एसियाली दिग्गज अष्ट्रेलिया विरुद्ध आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। घलानले सन् २०२१ को SAFF च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित मध्येको एक २३ औं आहा रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ ९ गते आयोजक सहारा क्लब पोखरा र थ्री स्टार फुटबल क्लब काठमाडौं भिड्दैछन् । यस्तै दोस्रो दिनको खेल १० गते त्रिभुवन आर्मी रराइजिङ स्टार, तेस्रो दिनको खेल ११ गते मच्छिन्द्र र जाउलाखेल, चौथो दिन माघ १२ गते एपीएफ र नेपाल पुलिस बीच हुनेछ । त्यसपछि १३, १४, १५, १६ गते क्वाटरफाइनल, १७ र १८ गते सेमिफाइनल र २० गते फाइनल खेल हुने सहारा क्लवले जनाएको छ ।
२३ औं आहा! रारा पोखरा गोल्डकप २०२४ माघ ९ गतेबाट सुरु हुँदैछ ।
प्रतिक्रिया