सुनसरीको दुहबीमा यहि चैत्र २४ सोनापुर गोल्ड कप फुटबल प्रतियोगिता २०८० को खेल-तालिका सार्वजनिक

Khel Sarokar

खेल सरोकार

सुनसरीको दुहबीमा यहि चैत्र २४ सोनापुर गोल्ड कप फुटबल प्रतियोगिता २०८० को खेल-तालिका सार्वजनिक

सुनसरीको दुहबीमा यहि चैत्र २४ गते सञ्चालन हुने तेस्रो सोनापुर गोल्ड कप फुटबल प्रतियोगिता २०८० को खेल-तालिका सार्वजनिक भएको छ ।

दुहबी-८, सोनापुर स्थित बिष्णु माध्यमिक विधालयको खेल मैदनमा हुने प्रतियोगितामा कुल ८ क्लबले सहभागिता जनाउने भएका छन । प्रतियोगिताका विजेताले २ लाख ११ हजार र उपबिजेताले १ लाख ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा दमक फुटबल एकेडेमी, गोल्डेन स्टार क्लब सुनसरी, वीरगन्ज युनाइटेड पर्सा, इटहरी फुटबल क्लब, पथरी ११, बर्दिवास नगर क्लब, कस्तुरी फुटबल क्लब लहान, स्मृति युवा क्लब गरी आठ टोलीको सहभागिता रहनेछ ।

चैत्र २४ गते उद्घाटन खेलमा दमक फुटबल एकेडेमी (झापा) र गोल्डेन स्टार क्लब (सुनसरी) भिड्दैछन् ।

प्रतिक्रिया