राष्ट्रिय फुटबल टोलीका सबै समयका क्याप्टेन: उनीहरुको बारेमा जानौं

सुसन पौडेल

सुसन पौडेल

राष्ट्रिय फुटबल टोलीका सबै समयका क्याप्टेन: उनीहरुको बारेमा जानौं

नेपालमा फुटबल सबै भन्दा लोकप्रिय खेल हो | नेपालमा फुटबल राणा शासनको समयमानै १९२१ देखिनै लोकप्रिय भएको थियो | यदपि खेलको उदयको सहि बिबरण हरु धेर्रै भेटिदैन | फुटबल राणा शासनको समयमा उदय भएको मानिन्छ किन कि त्यो समयमा धेर्रै क्लबहरु गठन भए र केहि घरेलु फुटबल प्रतियोगिता हरु अस्तित्ववा आएका थिए | 

सन १९३४ मा तत्कालिन प्रधानमन्त्री पद्मा शमशेरले देशमा खेलकुदको विकास गर्ने उदेश्यले राम जानकी फुटबल प्रतियोगिता सुरु गरेका थिए | येस अघि नै फुटबल खेलले तिब्रता पाउन थाले पनि राम जानकी फुटबल प्रतियोगितालाई नै देश को  पहिलो अधिकारिक फुटबल प्रतियोगिता मानिन्छ | 

अब कुरा गरौं नेपाली राष्ट्रिय फुटबल टोलीका अहिले सम्मका क्याप्टेन हरुको बारेमा ।

१ . स्वर्गीय रुपकराज शर्मा (२०१०–२०४९)

नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान स्वर्गीय रुपकराज शर्माले बि. स. २०३९ (सन् १९८२ ) सालमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशलाई एक गोलले पराजित गर्दै २०४१ सालमा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुद (साफ) को उपाधि जितेको थियो। उनी २०४३ सालमा नेपालबाट पहिलो फिफा रेफ्री पनि बनेका थिए ।उनले देश सेवाको लागि प्रतिष्ठित "गोरखा दक्षिण बाहू" सहित धेरै सम्मान र ट्रफीहरू प्राप्त गरेका छन् । दुर्भाग्यवश १२ आश्विन २०४९ मा फिफाको एक कार्यक्रममा रेफ्री गरेर पाकिस्तानबाट फर्कने क्रममा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको फ्लाइट २६८ दुर्घटनाग्रस्त भयो र शर्मासहित विमानमा सवार सबै १६७ जनाको ज्यान गएको थियो । खेलकुद क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै देशले मरणोपरान्त स्वर्गीय रुपकराज शर्मालाई “राष्ट्रिय प्रतिभा” घोषणा गरेको थियो।

२. स्वर्गीय सुरेश पन्थी

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा ट्राफिक प्रहरी निरीक्षक सुरेश पन्थीको बोन म्यारोको  क्यान्सरबाट सेप्टेम्बर १०, २००४ मा निधन भएको थियो । पन्थीले ब्वाइज युनियन क्लबलाई सन् १९७५ मा शहीद स्मारक लिगमा जित दिलाए, ​​जुन अझै पनि क्लबको उत्कृट उपलब्धि हो । त्यसैगरी, उनले त्रिभुवन शिल्ड पनि जिते र पन्थीले ब्वाइज युनियन क्लबलाई लाई बर्थडे कपको फाइनलमा पुर्याएका थिए । हामीले उहाँको तस्बिर पत्ता लगाउन सकेनौं । यदि तपाईंसँग छ भने हामीसँग साझेदारी गर्न सक्नुहुन्छ।

३. गणेश थापा

गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष (एन्फा) थिए। उनले यसअघि एसियाली फुटबल महासंघको उपाध्यक्ष र दक्षिण एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्षको रूपमा काम गरिसकेका छन्। थापा नेपालका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । सन् १९८७ मा भारतमा भएको तेस्रो साफ खेलकुदमा भुटान विरुद्ध उनले जम्मा ५ गोल गर्दा उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्न पुगे | नेपालले भुटानलाई ६-२ गोल अन्तरले पराजित गरेको थियो। फाइनल खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबबाट खेलेका छन् ।

उनले कलकत्ता फुटबल लिगमा ईस्ट बंगाल FC तेस्तै मोहमेडन SC बाट ढाका लिगमा पनि खेलेका थिए। नोभेम्बर २०१५ मा फिफा एथिक्स (Ethics) कमिटीले उनलाई घुस लिएको आरोपमा १० वर्षको लागि प्रतिबन्ध लगाएको थियो।

४. स्वर्गीय मणिविक्रम शाह

नेपाली फुटबल इतिहासमा सबैभन्दा चर्चित व्यक्तित्व मध्ये एक हुन् मणि विक्रम शाह । बैंककमा प्रिन्स कप फुटबल प्रतियोगितामा भाग लिएर अन्तर्राष्ट्रिय फुटबलमा उनले डेब्यु  गरेका थिए ।१८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका  अविश्वसनीय फुटबल कौशलका कारण शाहलाई अर्जेन्टिनाका डिएगो म्याराडोनासँग तुलना गरिएको थियो। मनाङ मस्र्याङ्दी क्लबबाट फुटबल सुरु गरेका शाहले मनाङ मस्र्याङ्दीलाई ‘डी’ बाट ‘ए’ डिभिजनमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।१९९३ मा, उनले भारत विरुद्ध अविश्वसनीय अन्तिम-सेकेन्ड फ्री-किक बराबरी गरेका थिए, जसले नेपालले पेनाल्टीमा भारतलाई पराजित गर्न र दक्षिण एसियाली फुटबल च्याम्पियनशिप जित्न सफल भयो । १९८५ देखि १९९८ सम्म, शाहले राष्ट्रिय टोलीको कप्तानी गरे र ४८ क्याप प्राप्त गरे। मे १४, २०१८ मा, ५१ वर्षको उमेरमा, उनको निधन भयो।

५. राजुकाजी शाक्य

राजुकाजी शाक्यको जन्म सन् १९६० जुलाईमा भएको थियो । उनको करियरको सबैभन्दा ठूलो क्षण सन् १९९३ मा साफ खेलमा स्वर्ण पदक जित्नु थियो। राजु शाक्यले ६८ अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसले गर्दा उनी सबैभन्दा धेरै क्याप पाउने नेपाली खेलाडी बनेका छन् । उनले सबैभन्दा धेरै राष्ट्रिय टोलीको कप्तानी गरेको कीर्तिमान राखेका छन्। शाक्यले सन् १९८७ र १९८९ मा सोभियत संघ, पूर्वी जर्मनी र पश्चिम जर्मनीविरुद्ध तीनवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको नेतृत्व गरेका थिए। शाक्यले रोयल नेपाल आर्मी क्लब, मनाङ मर्स्याग्दी क्लब (एमएमसी), न्युरोड टिम (एनआरटी), रानीपोखरी कर्नर टिम (आरसीटी), संकटा क्लबबाट खेलिसकेका छन् ।

राजुकाजी शाक्यको १६ वर्ष लामो राष्ट्रिय टोलीबाट खेल्दा ठूला उपलब्धिहरु

  • १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद काठमाडौंमा स्वर्ण पदक 

  •  सन् १९८५ मा ढाकाको दोस्रो दक्षिण एसियाली खेलकुदमा कास्य पदक 

  • सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुद ढाकामा स्वर्ण पदक 

  • 8 औं SAF खेल काठमाडौं 1999 मा रजत पदक 

उनको व्यावसायिक खेल करियर नेपाल बाहिर: -भिक्टोरिया क्लब बंगलादेश (1986-1988) र इस्टन एन्ड क्लब बंगलादेश 1995 (लीग च्याम्पियन).

६. दिपक अमात्य

अगस्ट २७, १९७१ मा जन्मेका दीपक अमात्यले सन् १९९८ मा फिफा विश्वकप छनोट खेलमा मकाउविरुद्ध आफ्नो व्यावसायिक डेब्यू गरेका थिए। नेपालले आफ्नो डेब्यु खेलमा मकाउसँग १-१ को बराबरी खेलेको थियो। सम्पूर्ण क्वालिफाइङ्ग खेलहरूमा याद राख्ने यो मात्र स्कोर लाइन थियो। फिफा टूर्नामेंटमा अमात्यको खेल इतिहास ६ उपस्थिति १ गोल 0 जीत १  ड्र ५ हार रहेको छ ।उनले सन् १९९६–१९९७ मा दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए, जहाँ उनले एक गोल गरेका थिए। उनले सन् १९९७–९८ को एसियाली खेलकुद र सन् १९९९–२००० को दक्षिण एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए ।

७. देवनारायण चौधरी

देवनारायण चौधरी नेपाली फुटबलमा हेडरका राजाका रुपमा चर्चित छन् । २०२९ सालमा मोरङ जिल्लामा जन्मेका चौधरी नेपाली फुटबलको स्वर्ण युगमा फुटबल खेलेका थिए। उनले फिफा विश्वकप १९९८ मा मकाउ विरुद्धको क्वालिफाइङ म्याचमा आफ्नो डेब्यु खेल खेलेका थिए , यो खेल १-१ को बराबरीमा सकिएको थियो ।  चौधरीले नेपाली राष्ट्रिय टोलीबाट लगातार १४ वर्ष खेले । उनी अहिले अमेरिकामा बस्छन् । उनले नेपाल पुलिस क्लब लगायत विभिन्न क्लबबाट खेलिसकेका छन् । उनले एसियाली क्लब च्याम्पियनसिप, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए।

८. उपेन्द्रमान सिंह

नेपाली फुटबल टोलीका पूर्व स्टार गोलकिपर उपेन्द्रमान सिंहको जन्म जुलाई २७, १९७३, नेपालको भक्तपुरमा भएको थियो। सिंह सन् १९९५ देखि २००३ सम्म नेपाली राष्ट्रिय टोली बाट खेलेका थिए। उनि नेपालको सबैभन्दा धेरै क्याप खेलाडीहरू मध्ये एक हुन् र लगभग एक दशकसम्म राष्ट्रिय टोलीको कप्तानको रूपमा पनि काम गरेका थिए । 

उनी नेपालको उत्कृट गोलकिपर थिए, १९९३ को साफ खेलकुदमा आफ्नो टोलीलाई स्वर्ण पदक जिताउन मद्दत गर्न भारतविरुद्धको महत्वपूर्ण शट रोकेका थिए, उक्त खेल नियमित समय २-२ को बराबरीमा सकियो, र पेनाल्टी सुटआउटमा उनले महत्वपूर्ण शट रोके। नेपालले भारतलाई ४–३ ले हराएर जित हात पारेको थियो । उनी सन् २०६२ मा सहिद स्मारक सान मिगुएल ए डिभिजन लिग २००६ मा उत्कृट खेलाडी भएर कार जित्ने पहिलो प्रतिस्पर्धी थिए। उनले एन्फामा, एन्फाको ग्रास रुट फुटबल विकास कार्यक्रमको लागि राष्ट्रिय निर्देशकको रूपमा पनि काम गरे। उनी नेपालको चर्चित फुटबल क्लब ,मध्यपुर युवा क्लबको का अध्यक्ष समेत हुन् ।

९. बालगोपाल महर्जन

बालगोपाल महर्जनको जन्म २८ अगस्ट १९७५ मा भएको थियो, उनको पहिलो खेल फिफा विश्वकप छनोटमा १९९८ मा मकाउ विरुद्धको खेल थियो जुन १-१ को बराबरीमा सकिएको थियो। नेपालका पूर्व कप्तान तथा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले फिफा प्रतियोगितामा सात पटक खेलेका थिए । उनले १ गोल, २ जित, १ बराबरी र ४ हार को समाना गरेका छन् । 1998 र 2002 मा, उनले फिफा विश्वकप छनोटमा भाग लिए।

सन् १९९९ मा नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) उपाधिमा पाकिस्तानलाई ३-१ ले पराजित गरेको खेलमा उनले भाग लिएका थिए। उनले नेपाली राष्ट्रिय टोलीबाट १३ वर्षसम्म खेलेका थिए र नेपालका प्रायः सबै प्रमुख टोलीबाट खेलिसकेका छन्। उनले बंगलादेश र भारतका क्लबको पनि यस्तै किसिमले प्रतिनिधित्व गरेका छन् ।

सन् १९९३ को दक्षिण एसियाली खेलकुदको बंगलादेशमा भएको छैटौं सागको फाइनलमा २–२ गोलको बराबरी खेलेपछि भारतलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउने टोलीमा बालगोपाल महर्जन पनि थिए । करिब २२ वर्षपछि नेपालले सन् २०१५ मा पहिलो साफ यू-१९ च्याम्पियनसिप जित्दा उनी टोलीको मुख्य प्रशिक्षक थिए। यो जित नेपालका लागि कोशेढुङ्गा मात्र नभई खेलाडी र प्रशिक्षकका रूपमा फुटबलको उपाधि जित्ने पहिलो नेपाली बनेका प्रशिक्षक महर्जनको व्यक्तिगत कीर्तिमान थियो। सन्यासपछि बालगोपालले विभिन्न उमेरका नेपाली टोलीलाई सक्रिय प्रशिक्षण दिइरहेका छन् ।

१०. हरि खड्का

26 नोभेम्बर, 1976 मा झापामा जन्मेका हरि खड्का एक पूर्व फुटबलर हुन् जसले नेपाली राष्ट्रिय टोलीको कप्तान र प्रशिक्षकको रूपमा काम गरेका थिए। हालसम्म १३ गोल गरेका उनी र निराजन रायमाझी नेपालका सर्वाधिक गोलकर्ता हुन् (४९ अन्तर्राष्ट्रिय क्याप्सबाट)। खड्का डेब्यु खेलमा गोल र असिस्ट गर्ने नेपालको भाग्यमानी खेलाडी थिए। सन् २०५१ (१९९५) मा पाकिस्तानविरुद्धको सार्क खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय क्याप प्राप्त गरे। उनले दुई ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् (पहिलो २०५१ मा एनआरटीसँग र अर्को २०६३ मा महेन्द्र पुलिस क्लबबाट), र धेरै घरेलु नकआउट प्रतियोगिता र कपहरू जितेका छन्।

११. राकेश श्रेष्ठ

सन् १९७७ जनवरी १४ मा जन्मेका पूर्व नेपाली फुटबलर राकेश श्रेष्ठले सन् २००१ देखि २०१० सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। फिफा विश्वकप छनोटमा नेपालसँग काजाकिस्तानसँग ६-० ले पराजित भएपछि श्रेष्ठको करियरको खराब सुरुवात भएको थियो। फिफा प्रतियोगिताहरूमा उनको रेकर्ड 8 उपस्थिति, 0 गोल, 2 जीत, 0 ड्र, र 6 हार हो।

नेपाल पुलिस क्लबका लागि, भरपर्दो डिफेन्डर, 2012 मा एक पटक राष्ट्रिय लिग र दुई पटक (2011 र 2010 मा) ए डिभिजन लिग जितेका छन्। २००७ को एएफसी प्रेसिडेन्ट्स कप, जहाँ पुलिस क्लब उपविजेता बनेको थियो, जहाँ श्रेष्ठले आफ्नो सबैभन्दा उल्लेखनीय प्रदर्शन गरे। उनले सन् २००२ र २०१० मा नेपाली राष्ट्रिय फुटबल टोलीका लागि फिफा विश्वकप छनोट राउण्डका साथै धेरै प्रतियोगिताहरूमा भाग लिए।

१२. सागर थापा

सागर थापा (जन्म १९ जनवरी १९८४) नेपालका फुटबल खेलाडी हुन्, र अक्टोबर २०१५ सम्म राष्ट्रिय टोलीका कप्तान थिए। उनले सन् २००३ मा नेपालको राष्ट्रिय फुटबल टोलीबाट पहिलो पटक खेलेका थिए। त्यसपछि थापाले ५० अन्तर्राष्ट्रिय खेलमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् जसले उनलाई बालगोपाल महर्जन र उपेन्द्रमान सिंहभन्दा पछि परेको छ।

डिफेन्डरको रूपमा, उनि फिल्डमा कमान्डिङ व्यक्ति थिए र राम्रो निर्णय र प्रत्याशा गर्थे, सन् २०११ को साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्धको ९४ औं मिनेटमा फ्री किक गोल गर्नु नै नेपालको लागि उनको करियरको  उत्कृष्ट क्षण थियो। सागर डिफेन्स लाइनमा नेपालका उत्कृष्ट खेलाडी थिए । उनी सन् २०१२ को उत्कृट खेलाडीमा बिजय भएका थिए। अक्टोबर २०१५ मा सागर थापा र सन्दिप राईसहित नेपाल फुटबल संघका पाँच सदस्य म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । उनले प्रति फिक्स म्याच ५ लाख लिएको आरोप लागेको थियो र पछि अदालतले उनलाई सफाई दिएको थियो ।

१३. अनिल गुरुङ

१७ सेप्टेम्बर १९८६ मा जन्मिएका अनिल गुरुङ नेपाली फुटबलमा नयाँ नाम होइन । उनी नेपाली फुटबलका सबैभन्दा लोकप्रि र प्रेरणादायी फुटबलर हुन्। सन् २००१ मा उनले पोखराको सहारा क्लबबाट व्यावसायिक जीवन सुरु गरे । उनले अक्टोबर ८, २००७ मा मस्कटमा खेलिएको विश्वकप छनोट खेलमा ओमानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

उनले ४३ पटक राष्ट्रिय टोलि बाट खेल्दै ९ गोल गरेका छन् । अनिल घरेलु मैदानमा विश्वकप छनोट खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।चेल्सी रिजर्भ टोलीमा ट्रायलका लागि छनोट भएपछि गुरुङ चर्चामा आएका थिए। उनले सन् २००१ मा सहारा क्लब, २००३ मा ब्रिगेड ब्वाइज क्लब, २००४ मा थ्रीस्टार क्लब, २००५ मा मनाङ मर्स्याङ्दी क्लब, २००७ मा न्युरोड टिम र शिलङलगायत थुप्रै स्वदेशी तथा विदेशी क्लबबाट खेलिसकेका छन् । सन् २००९ र २०१० मा लाजोङ एफसी बाट नी उनले खेलेका थिए। उनले नेपालका लागि साफ च्याम्पियनसिप, नेहरू कप, एएफसी च्यालेन्ज कप, इत्यादि लगायत धेरै प्रतियोगिताहरूमा महत्वपूर्ण भूमिका खेलेका थिए।

१४. बिराज महर्जन

बिराज महर्जनको जन्म नोभेम्बर १८, १९९० मा भएको थियो। उनले राष्ट्रिय टोलीका लागि मार्च २५, २००८ मा पोखरामा खेलिएको मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १-० ले हराएर डेब्यु गरेका थिए। भरपर्दो नेपाली डिफेन्डर महर्जनले 2007 मा एन्फा एकेडेमीबाट स्नातक गरे, उनी नेपालको राष्ट्रिय फुटबल टोलीका लागि 50 भन्दा बढी राष्ट्रिय टोलि बाट खेली सकेका खेलाडीहरूमध्ये एक हुन्। 2008 AFC च्यालेन्ज कप क्वालिफायर खेलमा किर्गिजस्तान विरुद्धको खेलमा, उनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिलो गोल गरेका थिए ।

उनले संकटा क्लब, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार क्लब (टीएससी) र हाल मनाङ मस्र्याङ्दी क्लबबाट खेलिसकेका छन् । फिफा विश्वकप छनोट, दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप, नेहरू कप, एएफसी च्यालेन्ज कप, इत्यादि लगायत विभिन्न नकआउट र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलेका उनी नेपालका लागि डिफेन्स लाइनमा उत्कृष्ट खेलाडीका रुपमा नेपाल को प्रतिनिधित्व गरेका छन्।

राष्ट्रिय टोलीका सबैभन्दा भरपर्दो डिफेन्डरहरूमध्ये एक, बिराज महर्जनले नेपालका धेरै युवाहरूको लागि उदाहरणको रूपमा खेल खेलका थिए , उनको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीले ढाकामा भएको बंगबन्धु गोल्डकपको फाइनलमा बहराइनको यू–२३ टोलीलाई ३–० ले पराजित गर्दा नेपालीले पछिल्लो २३ वर्षमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । सन् १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा नेपालले अन्तर्राष्ट्रिय च्याम्पियनसिप जित्न सकेको छैन । उनले नेपालको जर्सीमा अन्तिम पटक २९ मार्च २०२१ मा दशरथ रंगशाला, काठमाडौंमा देखा परेका थिए जसमा नेपालले बंगलादेशलाई थ्री नेसन्स कपको फाइनलमा २ गोलले पराजित गरेको थियो।

१५. किरण चेम्जोङ

किरण चेम्जोङ भनेर चिनिने किरण कुमार लिम्बुको जन्म २४ मार्च १९९० मा धनकुटामा भएको थियो, चेम्जोङले २००८ को एएफसी च्यालेन्ज कप क्वालिफायरबाट नेपाली राष्ट्रिय टोलिबाट डेब्यु गरेका थिए। 2008-2009 सिजनमा मछिन्द्र फुटबल क्लबबाट आफ्नो करियर सुरुवात गरेका गोलकिपर, उनी एन्फा एकेडेमीका स्नातक हुन्। उनले नेपालका दुई प्रभावशाली क्लबहरू, थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबका लागि प्रतिस्पर्धा गरे, जहाँ उनले उत्कृष्ट प्रदर्शन गरे र धेरै प्रतियोगिताहरू जितेका थिए।

क्लब र राष्ट्रिय दुवै पक्षमा उनको धेरै प्रभावशाली प्रदर्शन पछि, किरणलाई टीसी स्पोर्ट्स क्लब (माल्दिभ्स) र हिरो आई लिग क्लब, मिनर्भा पञ्जाब एफ.सी. (इन्डियन लिग) द्वारा प्रस्ताव गरिएको थियो। उनले दुवै क्लबका लागि 2018 दिवेही प्रिमियर लिग र 2017-18 आई-लिग जितेका छन्।

प्रतिक्रिया