पदमोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिबल हुने

Khel Sarokar

खेल सरोकार

पदमोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिबल हुने

लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको पश्चिम चितवनको पदमोदय युवा क्लबले यसबर्ष पनि भलिबल प्रतियोगिता गर्ने भएको छ । बिगत २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर पर्यटकीय नगरी पटिहानीमा अवस्थित भरतपुर- २२, पदमपोखरीको क्लव परिसरमा यस बर्षपनि भलिबल प्रतियोगिता गर्दैछ । फाल्गुन ५ गतेदेखि ७ गतेसम्म क्लब परिसरमा आयोजना गरिएको पद्मोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिवल प्रतियोगिता २०७९ मा विभिन्न १६ टिम सहभागी हुने अपेक्षा क्लबले गरेको छ । झण्डै ४ दशक रूपमा ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भब्यतापुर्वक सम्पन्न गरिसकेको छ । प्रतियोगितामा बिजेता, उपबिजेता र सेमिफाईनलिष्ट टिमले क्रमश नगद ५० हजार, ३० हजार र १०/१० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।

प्रतियोगितालाई सम्पन्न गर्न निरज पौडेलको सम्योजक र निशान पौड्ल सह- सम्योजक रहने गरि बिभिन्न उपसमितिहरु गठन गरिएको छ । जस अन्तर्गत प्रचारप्रसारमा बिशाल भण्डारी, स्वयसेवक परिचालनमा सुमन पौडेल, मन्च ब्यवस्थापनमा अशोक गौतम, टिम ब्यवस्थापनमा पवन क्षेत्री र सौगात पौडेल, सरसफाईमा प्रशन्न कार्की र प्राथमिक उपचारमा सुजन भण्डारीलाई उपसमितिको जिम्मेवारी तोकिएको छ ।यस बर्षको प्रतियोगिताको स्वरुप बारेमा केही दिनमा बिस्तृत जानकारी गराईने समेत बताईएको छ । पदमोदय युवा क्लबको आयोजनामा सन्चालन हुने प्रतियोगिताको संरक्षकमा भरतपुर महानगरपालिका, प्रबर्द्धकहरुमा बागमती प्रदेश खेलकुद बिकास परिषद, २२ नम्बर वडा कार्यालय र चितवन जिल्ला खेलकुद बिकास समिति रहने छन् ।

प्रतिक्रिया