संखुवासभा: सभापोखरी वडा नं. ६, संखुवासभाले यहि मिती २०७९ साल फाल्गुन २० गते देखि २३ गते सम्म प्रथम अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । लिग नकाउट को आधार मा खेलाईने खेल को सदस्यता दस्तुर २००० रहेको छ । प्रत्येक टिम मा कोच तथा ब्यबस्थापक सहित १४ जना हुने छन् ।
प्रतियोगितामा खेल बाहेक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ सांगीतिक कार्यक्रम फाल्गुन २२ गते सोमबार होलीको दिन चर्चित रास्ट्रिय कलाकार रचना रिमाल का साथै स्थानीय कलाकार दखिन राईले आफ्नो प्रस्तुती दिने छन् ।
कप बिजेता हरुले पाउने पुरस्कार निम्नअनुसार रहेको छ ।
१) प्रथम पुरस्कार नगद रु ५००००, मेडल, प्रमाण पत्र साथमा ५० तोला चाँदीको रनिं शिल्ड
२) दृतिय पुरस्कार नगद रु ३००००, मेडल, प्रमाण पत्र साथमा शिल्ड
३) तृतीय पुरस्कार नगद रु २००००, मेडल, प्रमाण पत्र साथमा शिल्ड
४ ) सान्त्वना पुरस्कार नगद रु १००००, मेडल साथमा प्रमाण पत्र
साथै अन्य विभिन्न ६ वटा विधागत पुरस्कारहरु पनि रहेको आयोजकले जानकारी गराए ।
प्रतिक्रिया