आरसीबीले १० वर्षपछि मुम्बईलाई वानखेडेमा पराजित

Khel Sarokar

खेल सरोकार

आरसीबीले १० वर्षपछि मुम्बईलाई वानखेडेमा पराजित

मुम्बईको वानखेडे स्टेडियममा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको २० औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्समाथि १२ रनले रोमाञ्चक जित हात पारेको छ । आरसीबीले विगत १० वर्षमा यहाँ कुनै पनि खेल जितेको थिएन।

टस हारेर ब्याटिङमा आएको आरसीबीको सुरुवात राम्रो भएन । बोल्टले पहिलो ओभरमा फिल साल्ट (४) लाई बोल्ड गरे। यसपछि कोहलीले देवदत्त पडिक्कल (२२ बलमा ३७ रन) सँग दोस्रो विकेटका लागि ९१ रनको साझेदारी गरे । आरसीबीले २० ओभरमा पाँच विकेट गुमाएर २२१ रन बनाएको थियो । बैंगलोरका लागि स्टार ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक रन बनाए । उनले ४२ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनको इनिङ खेले। कोहलीले तेस्रो विकेटका लागि कप्तान रजत पाटीदारसँग ४८ रनको साझेदारी गरे । 

पाटीदारले ३२ बलमा ५ चौका र चार छक्का सहित ६४ रन बनाए । जितेशले १९ बलमा ४० रन बनाएर अविजित रहे । उनले दुई चौका र चार छक्का प्रहार गरे । बोल्टले चार ओभरमा ५७ रन दिए । उनले पहिलो पटक आईपीएलमा एक खेलमा ५० भन्दा बढी रन खर्चेका हुन ।

मुम्बईका लागि ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले २–२ विकेट लिए । विग्नेश पुथुरले १ विकेट लिए । योसँगै जनवरीपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्किएका फास्ट बलर जसप्रित बुमराहले कुनै विकेट लिन सकेनन् ।

ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट हुँदा मुम्बईले मात्र ३८ रन बनाए । त्यसपछि विल ज्याक्स २२ र सूर्य कुमार यादव २८ रनमा पबिलियन फर्किए। चौथो विकेटको नोक्सानीमा मुम्बईले ९९ रन मात्र जोड्यो। पाँचौं विकेटको लागि तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले पाँचौं विकेटको लागि ८९ रनको साझेदारी गरे। तिलकले २९ बलमा ४ चौका र ४ छक्का सहित ५६ रन जोडेर आउट भए। लगतै हार्दिक पनि ४२ रनमा आउट भए। यो सँगै मुम्बई पराजित हुन पुग्यो। बलिङमा क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Royal Challengers Bangalore 11 8 3 0 0 16 +0.482
Mumbai Indians 11 7 4 0 0 14 +1.274
Gujarat Titans 10 7 2 0 0 14 +0.867
Punjab Kings 10 6 3 0 1 13 +0.199
Delhi Capitals 10 6 4 0 0 12 +0.362
Lucknow Super Giants 10 5 5 0 0 10 -0.325
Kolkata Knight Riders 10 4 5 0 1 9 +0.271
Rajasthan Royals 11 3 8 0 0 6 -0.780
Sunrisers Hyderabad 10 3 7 0 0 6 -1.192
Chennai Super Kings 11 2 9 0 0 4 -1.117

प्रतिक्रिया