काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा ओमानविरुद्ध नेपालले टस हारेको थियो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको थियो । नेपालले ५० ओवरमा ८ विकेट गुमाएर ३१० रन बनाएको छ । नेपालले ओमानविरुद्धको आज को खेल नेपालको लागि आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल पनि हो ।
नेपाली टोलीमा एक परिवर्तन भएको थियो। गुलसन झाको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।
खराब शुरुवात गरेको नेपालको लागि इनिङ्गलाई कुशल मल्लले किर्तिमानी शतक बनाउँदै खेल सम्हालेका थिए । मल्लले ५९ बलमा शतक प्रहार गर्दै नेपालको तर्फबाट सबैभन्दा कम बलमा शतक बनाउने किर्तिमान स्थापित गरे । यस अघि कप्तान रोहित पौडेलले ९५ बलमा शतक प्रहार गरेका थिए । उनी ४१औं ओभरमा ६४ बल खेलेर ९ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाउँदै आउट भएका थिए । कुशलको एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । नेपालका लागि ओडिआईमा शतक बनाउने कुशल छैटौं खेलाडी हुन् ।
नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए । कप्तान रोहित पौडेल २३ रन तथा भिम सार्की ३३ रनमा आउट भएका थिए ।
सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।
करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।
ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।
प्रतिक्रिया