नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणको ग्रुप एफ अन्तर्गत मंगलबार मलेसियासँग २-० गोलले पराजित भएको छ। सुल्तान इब्राहिम स्टेडियममा सम्पन्न खेलमा नेपालले सुरुवातदेखि नै दबाबमा रहेको थियो।
२९औं मिनेट: पोर्तुगली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभल (मलेसियाका लागि डेब्यु) ले गोल गरेर मलेसियालाई १-० को अग्रता दिलाए।
७०औं मिनेट: ला’भेरे कोर्बिन-अङ ले दोस्रो गोल गरेर खेलको नतिजा निश्चित बनाए। अरिफ आइमान हनापीको फ्रिकिक र उत्कृष्ट पासले उनलाई गोल गर्न मद्दत गर्यो।
नेपाली टोलीले केही उत्कृष्ट मौका पाए पनि गोल गर्न असफल रह्यो।
नेपालले अब ग्रुप एफ को अर्को खेलमा प्रतिकूल नतिजा पल्टाउनुपर्ने चुनौती छ। यस हारसँगै मलेसियाले ३ अंक जोडेको छ भने नेपाल खाली हात फर्किएको छ।यदि नेपालले अर्को खेलमा जित हासिल गर्न सकेन भने एसियन कपको सपना टाढा पर्ने खतरा छ।
प्रतिक्रिया