विराटनगरको दोस्रो हारमा सुदूरपश्चिमको सानदार सुरुवात

Khel Sarokar

खेल सरोकार

विराटनगरको दोस्रो हारमा सुदूरपश्चिमको सानदार सुरुवात

विराटनगर किंग्सले खराब प्रदर्शन जारी राख्दा लगातार दोस्रो हार बेहोरेको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीको तीब्र अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार विराटनगर किंग्सलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो। पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गर्यो । यो जारी प्रतियोगिताको उच्च स्कोर हो। सुदूरपश्चिमले दिएको १ सय ८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अल आउट हुदै ९२ रन मात्र जोड्न सक्यो । विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन जोडे । उनले २८ बलमा २ चौकाको प्रहार गरे । राजेश पुलामीले १५ बलमा १५ तथा अनिल खरेलले ११ बलमा नट आउट ११ रन जोडे । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेन र अविनास बोहोराले समान ३ तथा सेफ जेब, इशान पान्डे र ब्रेन्डन मक्मलेनले समान १ विकेट लिए ।

 

प्रतिक्रिया