भारतीय क्रिकेटका पूर्व खेलाडी श्रीसन्त ले हरभजन सँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा अन्त्य भएको घोषणा गरेका छन्। २००८ को इन्डियन प्रिमियर लिग २००८ मा भएको चर्चित “Slapgate” विवाद फेरि एकपटक चर्चामा आएको छ।
यो विवाद पहिलोपटक तब सुरु भएको थियो जब मुम्बई इन्डियन्सका खेलाडी हरभजन सिंहले किंग्स इलेभेन पंजाबका श्रीसन्तलाई खेलपछि थप्पड हानेका थिए। उक्त घटनाले ठूलो विवाद सिर्जना गरेको थियो र हरभजनलाई त्यसबेला प्रतिबन्धसमेत लगाइएको थियो।
हालै, श्रीसन्तले उक्त पुरानो घटनालाई लिएर नयाँ आरोप लगाएका छन्। उनका अनुसार हरभजन सिंहले “Slapgate” घटनामा आधारित एक विज्ञापनबाट करिब ₹80 लाखदेखि ₹1 करोडसम्म कमाएका छन्।
श्रीसन्तले भनेका छन् कि,“माफ गर्छु, तर कहिल्यै बिर्सन्न।” उनका अनुसार, पहिले उनीहरूबीच कुनै समस्या थिएन, तर जब हरभजनले उक्त घटनालाई लिएर विज्ञापन बनाए र त्यसबाट पैसा कमाए, त्यसपछि सम्बन्ध बिग्रियो। उनले आरोप लगाए कि हरभजनले उनलाई उक्त विज्ञापन आफ्नो सोशल मिडियामा शेयर गर्नसमेत आग्रह गरेका थिए, जुन उनले अस्वीकार गरे।
यस घटनापछि श्रीसन्त निकै निराश भएका छन् र उनले हरभजनलाई Instagram मा ब्लक समेत गरेका छन्। उनले स्पष्ट रूपमा भनेका छन् कि अब उनीहरूको कुनै सम्बन्ध छैन र पहिले जस्तो “भाइ” भन्ने सम्बन्ध पनि समाप्त भइसकेको छ।
श्रीसन्तले थप भने कि उनले व्यक्तिगत रूपमा हरभजनलाई माफ गरे पनि त्यो घटना कहिल्यै बिर्सन सक्दैनन्। उनका अनुसार, यदि गल्ती बिर्सियो भने फेरि त्यही गल्ती दोहोरिन सक्छ।
यो नयाँ विवादले देखाउँछ कि १७–१८ वर्ष पुरानो “Slapgate” काण्ड अझै पनि दुबै खेलाडीको सम्बन्धमा गहिरो असर पारिरहेको छ। अहिले यो विषय फेरि चर्चामा आएपछि क्रिकेट फ्यानहरूबीच ठूलो बहस सुरु भएको छ।
| Teams | Matches | Won | Lost | Tied | NR | Points | NRR |
|---|---|---|---|---|---|---|---|
| Punjab Kings | 7 | 6 | 0 | 0 | 1 | 13 | +1.333 |
| Royal Challengers Bangalore | 8 | 6 | 2 | 0 | 0 | 12 | +1.919 |
| Sunrisers Hyderabad | 8 | 5 | 3 | 0 | 0 | 10 | +0.815 |
| Rajasthan Royals | 8 | 5 | 3 | 0 | 0 | 10 | +0.602 |
| Gujarat Titans | 8 | 4 | 4 | 0 | 0 | 8 | -0.475 |
| Chennai Super Kings | 8 | 3 | 5 | 0 | 0 | 6 | -0.121 |
| Delhi Capitals | 8 | 3 | 5 | 0 | 0 | 6 | -1.060 |
| Kolkata Knight Riders | 8 | 2 | 5 | 0 | 1 | 5 | -0.751 |
| Mumbai Indians | 7 | 2 | 5 | 0 | 0 | 4 | -0.736 |
| Lucknow Super Giants | 8 | 2 | 6 | 0 | 0 | 4 | -1.106 |
Copyright © 2026 Techcoderz Pvt. Ltd. All Rights Reserved.
प्रतिक्रिया