आईपीएल २०२६ : अन्तिम बलमा चमत्कार, लखनउ सुपर जायन्ट्सको रोमाञ्चक जित - Khel Sarokar

आईपीएल २०२६ : अन्तिम बलमा चमत्कार, लखनउ सुपर जायन्ट्सको रोमाञ्चक जित

Khel Sarokar

खेल सरोकार

आईपीएल २०२६ : अन्तिम बलमा चमत्कार, लखनउ सुपर जायन्ट्सको रोमाञ्चक जित

आईपीएल २०२६ अन्तर्गत लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स बीचको रोमाञ्चक खेलमा लखनउले अन्तिम बलमा ३ विकेटले जित हासिल गरेको छ।

इडेन गार्डेन्समा भएको यस खेलमा केकेआरले पहिले ब्याटिङ गर्दै १८१ रन बनाएको थियो। जवाफमा लखनउले १८२ रनको लक्ष्य पछ्याउँदै सुरुवातमा केही महत्वपूर्ण विकेट गुमाएको थियो।

तर, युवा खेलाडी मुकुल चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै खेलको दिशा नै बदलिदिए। उनले मात्र २७ बलमा अविजित ५४ रन बनाएर टोलीलाई अविश्वसनीय जित दिलाए।

खेलको अन्तिम ओभरमा दबाबको अवस्थामा पनि मुकुलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए। उनको यो इनिङ्सलाई "गेम-चेंजर" प्रदर्शनका रूपमा लिइएको छ।

अर्कोतर्फ, केकेआरले राम्रो सुरुवात गरे पनि अन्तिम समयमा कमजोर प्रदर्शनका कारण खेल गुमाउन पुग्यो। टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्।

यो जितसँगै लखनउ सुपर जायन्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ भने मुकुल चौधरी आईपीएलको नयाँ उदाउँदो स्टारका रूपमा स्थापित भएका छन्।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Punjab Kings 7 6 0 0 1 13 +1.333
Royal Challengers Bangalore 8 6 2 0 0 12 +1.919
Sunrisers Hyderabad 8 5 3 0 0 10 +0.815
Rajasthan Royals 8 5 3 0 0 10 +0.602
Gujarat Titans 8 4 4 0 0 8 -0.475
Chennai Super Kings 8 3 5 0 0 6 -0.121
Delhi Capitals 8 3 5 0 0 6 -1.060
Kolkata Knight Riders 8 2 5 0 1 5 -0.751
Mumbai Indians 7 2 5 0 0 4 -0.736
Lucknow Super Giants 8 2 6 0 0 4 -1.106

प्रतिक्रिया