रियल म्याड्रिड आर्सनलसँग ३-० ले पराजित

Khel Sarokar

खेल सरोकार

रियल म्याड्रिड आर्सनलसँग ३-० ले पराजित

एमिरेट्स स्टेडियममा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलले रियल म्याड्रिडलाई  ३-० पराजित गर्दै पहिलो लेगमा तीन गोलको अग्रता लिएको छ।

मिकेल आर्टेटाले आर्सनलका फ्यानहरूलाई रंगशाला भित्र प्रभावशाली वातावरण सिर्जना गर्न चाँडै आउन आग्रह गरेका थिए ।

खेलको पहिलो हाफ ०-० को बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा राइसले आर्सनलको लागि खेल नियन्त्रणमा लिए। डेक्लान राइसले दुई उत्कृष्ट फ्रिकिक  प्रहार गर्दै गोल गरे । दोस्रो हाफ आर्सनलले राम्रो खेलेको थियो र ५८ औं मिनेटमा अग्रता लिएको थियो ।१२ मिनेटपछि राइसले अर्को फ्रिकिक प्रहार गर्दै रातको आफ्नो दोस्रो गोल गरे, जुनले म्याड्रिडलाई २-० स्तब्ध बनायो। दोस्रो गोल पछिको पाच मिनेटमा मिकेल मेरिनोले आर्सनलको लागि यो एक अविस्मरणीय गोल गर्दै आर्सनल लाई ३-० को अग्रता दिलाए ।

म्याड्रिडको लागि झनै खराब अवस्था सिर्जना भयो जब एडुआर्डो कामाभिङ्गालाई दोस्रो पहेँलो कार्डको कारण खेलको अन्तिम समयमा मैदानबाट बाहिरिए। 

आर्सनल २००८-०९ सिजनदेखि च्याम्पियन्स लिगको सेमिफाइनल चरणमा पुगेको छैन, तर यो नतिजासँगै उनीहरूले अन्तिम चारमा पुग्ने ठूलो मौका पाएका छन्।

रियल म्याड्रिडले १७ अप्रिलमा आर्सनल विरुद्ध घरेलु मैदानमा दोस्रो लिग खेल्नेछ।

प्रतिक्रिया