मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय : टी–२० विश्वकप एसिया छनोट

Khel Sarokar

खेल सरोकार

मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय : टी–२० विश्वकप एसिया छनोट

टी–२० विश्वकप एसिया छनोट : मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।

नेपाली क्रिकेट टोलीले टी–२० विश्वकप एसिया छनोटमा धमाकेदार सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।

नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । नेपाल विजयी हुँदा समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुग्नेछ ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन ।

 

प्रतिक्रिया