त्रिकोणात्मक शृंखलाः आशिफको अर्धशतकमा नेपालको शानदार जित

Khel Sarokar

खेल सरोकार

त्रिकोणात्मक शृंखलाः आशिफको अर्धशतकमा नेपालको शानदार जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई हराएको छ । 

सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा सोमबार युएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो  । नेपालले आफ्नो ट्वान्टी-२० अन्तर्राष्ट्रिय इतिहासमा पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि नेपालले केन्याविरुद्ध सन् २०२२ मा १ सय ६० रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर आफि शेखले ५० बलमा ६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ४७, दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए ।चौथो विकेटका लागि आसिफ र रोहितले ९९ रनको साझेदारी गरे । युएईका लागि मोहम्मद जवादुल्लाहले दुई तथा अकिफ राजा र जाहुर खानले समान एक विकेट लिए ।

एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ । यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ । 

प्रतिक्रिया