पेरिस ‌‌ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो खेलमा नेपालकाे भियतनामसँग प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

पेरिस ‌‌ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो खेलमा नेपालकाे भियतनामसँग प्रतिस्पर्धा

पेरिस ‌‌ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बुधबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। खेल साँझ ६ बजे सुरु हुनेछ।

पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र बाँकी रहेका छन् ।

दोस्रो खेलमा नेपालले भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ ।

फिफा वरीयतामा भियतनाम ३३ औँ स्थानमा र नेपाल १०० औँ स्थानमा रहेको छ।

खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्ने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रतिक्रिया