सन्दीप लामिछानेको क्रिकेट यात्रा: अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटिङ प्रतिभा देखाउने प्रेरणादायी क्रिकेटर

Khel Sarokar

खेल सरोकार

सन्दीप लामिछानेको क्रिकेट यात्रा: अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटिङ प्रतिभा देखाउने प्रेरणादायी क्रिकेटर

सन्दीप लामिछाने एक नेपाली क्रिकेटर हुन् उनले आफ्नो क्रिकेट खेलबाट  नेपाली क्रिकेट साथै अन्तरास्ट्रिय क्रिकेटमा पनि महत्त्वपूर्ण प्रभाव पारेका छन्। उनी आफ्नो लेग स्पिन बलिङ क्षमताका लागि परिचित छन् र उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय टोलीहरूको प्रतिनिधित्व गरेका छन्।

सन्दीप लामिछाने नेपालमा राष्ट्रिय नायक मानिन्छन् । उनले धेरै युवा खेलाडीहरूलाई प्रेरणा दिएका छन् र नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको नक्सामा राख्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
सन्दीप लामिछानेको जन्म २००० अगस्ट २ (श्रावन १८, २०५७)  मा स्याङ्जामा भएको थियो । उनि युवा अवस्थामा  युवा क्रिकेट खेल्दै गर्दा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले उनलाई देखेका थिए। लामिछानेको सीपबाट दशानायके प्रभावित भएका थिए र उनलाई भारतमा क्रिकेट खेल्न छात्रवृत्ति प्राप्त गर्न मद्दत गरे।

नेपालका स्पिनर सन्दीप लामिछानेको बलिङ एक्सन अष्ट्रेलियाका दिग्गज क्रिकेटर शेन वार्नसँग मिल्दोजुल्दो छ । वास्तवमा, लामिछानेले वार्न आफ्नो क्रिकेटको नायक र उनको लागि प्रेरणाको प्रमुख स्रोत भएको बताएका छन्।

सन्दीप लामिछानेको शानदार डेब्यु: सन्दीप लामिछानेले सन् २०१८ मा नेपालका लागि डेब्यु गरेका थिए र आफ्नो पहिलो खेलमा चार विकेट लिएका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । उनलाई दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स) ले २०१८ मा अनुबन्धित गरेको थियो । उनले दिल्ली क्यापिटल्सबाट खेल्दै ९ खेलमा १३ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वश्रेष्ठ बलिङ तथ्याङ्क : हाल, सन्दीप लामिछानेले T20I र ODI दुबैमा करियरको उत्कृष्ट स्ट्राइक रेटको लागि बलिङ रेकर्ड राखेका छन्। एकदिवसीयमा उनको स्ट्राइक रेट २२.४ र T20I मा ११.७ को स्ट्राइक रेट छ।

४२ एकदिवसीय खेलमा उनले एकदिवसीय क्रिकेटमा १०० विकेट लिएका छन् । टी–२० मा उनले ४४ खेलमा ८५ विकेट लिएका छन् ।

सन् २०१९ मा, सन्दीप लामिछाने टी–२० खेलमा पाँच विकेट लिने पहिलो नेपाली क्रिकेटर बने । उनले ग्लोबल टी२० क्यानडा प्रतियोगितामा मोन्ट्रियल टाइगर्सबाट खेल्दै यो उपलब्धि हासिल गरेका हुन् ।

सन्दीप लामिछानेले सीपीएलको पहिलो ३ सिजन खेलेका २१ खेलमा १६.५१ को औसत र ५.८० को इकोनोमीमा २७ विकेट लिएका थिए। CPL २०२० मा, सन्दीपले प्रतियोगितामा १२ विकेट लिएका थिए।

सन्दीप लामिछानेले बिग ब्यास लिग (बीबीएल) मा मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट खेलेका थिए। उनले बीबीएलमा ४३ इनिङ्समा ७.४४ को इकोनोमी रेटमा ४८ विकेट लिएका थिए। बीबीएल ०९ मा उनले १३ इनिङ्समा १५ विकेट लिएर आफ्नो बलिङ क्षमताले सबैलाई चकित पारेका थिए ।

सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट

प्रतिक्रिया