महिला एसियन कप २०२६ छनोट - नेपाल समूह एफमा

Khel Sarokar

खेल सरोकार

महिला एसियन कप २०२६ छनोट - नेपाल समूह एफमा

एसियाली फुटबल महासंघ (एएफसी) ले घोषणा गरेको अनुसार, एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपालले समूह ‘एफ’ मा प्रतिस्पर्धा गर्नेछ। यस समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलंका पर्न पुगेका छन्।एएफसीको अनुसार, समूह ‘एफ’ का सबै खेलहरू उज्बेकिस्तानमा आयोजना हुनेछन्। छनोट चरणका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म सम्म खेलिने निर्णय गरिएको छ।

यस छनोट चरणमा कुल ३४ टोलीले सहभागीता जनाएका छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ। यसमा दुई समूहमा पाँच-पाँच टोली र छ समूहमा चार-चार टोली राखिएका छन्। प्रत्येक समूहको विजेतारले सन् २०२६ मा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछन्।

नेपालले हालसम्म उज्बेकिस्तान विरुद्ध खेलेका तीनवटा खेलमा पराजय बेहोरेको छ। लाओस विरुद्ध नेपालले अहिलेसम्म कुनै खेल खेलेको छैन भने श्रीलंका विरुद्ध नेपालले खेलेका आठ खेलमा जित हासिल गरिसकेको छ।

एएफसी महिला एसियन कप २०२६ मार्च महिनामा अष्ट्रेलियामा आयोजना हुनेछ, जसमा कुल १२ टोली सहभागी हुनेछन्। आयोजक अष्ट्रेलियासँगै चीन, जापान र दक्षिण कोरिया पहिले नै छनोट भइसकेका छन्।

प्रतिक्रिया