नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित मध्येको एक २३ औं आहा रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ ९ गते आयोजक सहारा क्लब पोखरा र थ्री स्टार फुटबल क्लब काठमाडौं भिड्दैछन् । यस्तै दोस्रो दिनको खेल १० गते त्रिभुवन आर्मी रराइजिङ स्टार, तेस्रो दिनको खेल ११ गते मच्छिन्द्र र जाउलाखेल, चौथो दिन माघ १२ गते एपीएफ र नेपाल पुलिस बीच हुनेछ । त्यसपछि १३, १४, १५, १६ गते क्वाटरफाइनल, १७ र १८ गते सेमिफाइनल र २० गते फाइनल खेल हुने सहारा क्लवले जनाएको छ ।
रारा पेखरा गेल्ड कप २०८० मा प्रतिष्ठित विदेशी क्लब आमन्त्रित/अतिथि टोली, भुटानबाट पारो फुटबल क्लब हुनेछ। दिल्ली फुटबल क्लब भारतले अन्तिम समयमा आफ्नो नाम फिर्ता लियो। प्रतियोगितामा दिल्ली एफसीको स्थानमा नेपाल एपीएफ फुटबल क्लबले खेल्नेछ ।
यही माघ ९ गते (२३ जनवरी) देखि सुरु हुने प्रतियोगितामा सहभागी सबै १२ जना यहाँ छन् :
प्रतियोगिताको विजेताले उपाधिसँगै १२ लाख नगद र उपविजेताले ६ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको पछिल्लो संस्करणको उपाधि संकटा क्लबले जितेको थियो । साथै सहभागी प्रत्येक टिमलाई प्रत्येक खेलको २० हजार र क्वाटरफाइनल खेल्नेलाई ३० हजार तथा सेमिफाइनल खेल्नेलाई ५० हजार उपलब्ध गराइने सहारा क्लवका महासचिव अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताका लागि आउने टिमको यातायात, दैनिक भत्ता पनि आयोजकले नै व्यहोर्ने भएको छ ।
यस वर्षको प्रतियोगितामा १ करोड ८६ खाल ७५ हजार आम्दानी र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा विकास गरौँ भन्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा यस पटक टिकट काटेर खेल हेर्ने दर्शकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसमा टिकट काटेर खेल हेर्ने प्रत्येक दिन दुई जना दर्शकले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया