संखुवासभाको खाँदबारीमा सम्पन्न १ नं. प्रदेश स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधी ओखढुंगाले हात पारेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीतामा फाइनलमा भोजपुरलाई हराउँदै विजेता बनेको हो । आज भएको खेलमा खोटाङलाई सोझो सेटमा हराउँदै झापा तेस्रो भएको छ ।
फाइनल खेलमा भोजपुरसंग ३–१ अन्तरले ओखलढुंगाले जित हात पारेको हो । पहिलो सेट जितेका ओखलढुंगालाई दोस्रो सेटमा भोजपुरले हराएको थियो तर त्यसपछि लगातार दुई सेट ओखलढुंगाले जितेको थियो । प्रतियोगितामा सर्वोकृष्ठ खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाईकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारीका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी घोसित भए ।
विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद, २१० तोला चाँदीको शिल्ड र ३/३ तोला चाँदीको मेडल प्राप्त गरे । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपियाँ ट्रफि र २/२ तोला चाँदीको मेडल प्राप्त गरेका थिए । १८ गतेदेखि सुरु भएको खेलमा प्रदेश १ का १२ जिल्ला र एक आयोजक टिमसहित १३ टिम सहभागी थिए । सहभागीलाई खान बस्नको व्यवस्था गरिएको यो खेल २०७१ सालदेखि प्रत्येक २/२ बर्षमा हुने गर्दछ । सुर्य सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको भलिबल प्रतियोगीता पुर्वी नेपालको ठुलो खेलको रुपमा लिईन्छ ।
स्रोत: खादबारी एफ एम
प्रतिक्रिया