नेपाली टेबल टेनिस टोली सोमबार दक्षिण कोरिया जाँदै

Khel Sarokar

खेल सरोकार

नेपाली टेबल टेनिस टोली सोमबार दक्षिण कोरिया जाँदै

दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै छन् ।

एसपीसीए टेबल टेनिस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछन् ।

नेपाली जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन् ।

टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी दिए ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया