स्टुअर्ट ग्रान्ट ल : राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त

Khel Sarokar

खेल सरोकार

स्टुअर्ट ग्रान्ट ल : राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त

क्यानले अष्ट्रेलियाली स्टुअर्ट ललाई नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्टुअर्ट ग्रान्ट ल  (जन्म १८ अक्टोबर १९६८) अस्ट्रेलियामा जन्मिएका क्रिकेट प्रशिक्षक र पूर्व क्रिकेट खेलाडी हुन्। उनी १९९६ क्रिकेट विश्वकपमा उप-विजेता बनेको अस्ट्रेलियाली टोलीको सदस्य थिए। उनले अष्ट्रेलियाका लागि १ टेस्ट र ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। क्वीन्सल्यान्डको कप्तानको रूपमा उनले पाँच शेफिल्ड शिल्ड र दुई एकदिवसीय उपाधि जिताएका छन्, जसले उनलाई अष्ट्रेलियाको घरेलु क्रिकेटमा सबैभन्दा सफल कप्तान बनाएको छ। 

उनी एक क्रिकेट प्रशिक्षक पनि हुन्, जसले श्रीलंका (२०११), बंगलादेश (२०११–२०१२), वेस्ट इन्डिज (२०१८–२०१९), र मिडलसेक्स (२०१९–२०२१) लाई प्रशिक्षण दिएका छन्।

प्रतिक्रिया