आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ

Khel Sarokar

खेल सरोकार

आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आजदेखि सन्दीपविरुद्धको मुद्दामाथिको सुनुवाइ सुरु हुन लागेको हो।

नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुने भएको छ। लामिछानेविरुद्ध मुद्दामा काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुने भएको हो।

मुद्दाको पेशी न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा तोकिएको छ। लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ।

पछिल्लो पटक लामिछाने विश्वकप छनोटका लागि जिम्बाबे गएपछि मुद्दामा सुनुवाइ हुन सकेको थिएन। 

यसअघि  मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने मा गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए।

धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए। 

पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न  विदेश जान अनुमति दिएको थियो। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो।

पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो। 

प्रतिक्रिया