गुजरातले मुम्बईलाई हरायो

Khel Sarokar

खेल सरोकार

गुजरातले मुम्बईलाई हरायो

इण्डियन प्रिमियर लिग (आइपिएल) को आजको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गर्यो । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा खेलिएको यस खेलमा गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो । जवाबमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० मात्र बनाउन सक्यो ।

मुम्बईको खेलाडी प्रदर्शन

  • सूर्यकुमार यादव (४८ रन, २८ बल, ४ छक्का, १ चौका) ले टिमको लागि सर्वाधिक रन जोडे ।

  • तिलक वर्मा (३९ रन, ३६ बल, ३ चौका, १ छक्का) ले सूर्यकुमारसँग तेस्रो विकेटमा ६१ रनको साझेदारी गरे ।

  • नमन धीर (१८ रन, ११ बल, ३ चौका) र मिचेल सान्टनर (१८ रन, ९ बल, १ चौका, २ छक्का) ले अन्तिम समयमा केहि रन थपे ।

  • कप्तान हार्दिक पाण्ड्या (११ रन), रोहित शर्मा (८ रन) र रायन रिकल्टन (६ रन) ले असफल प्रदर्शन गरे ।

गुजरातको बलिङ

  • मोहम्मद सिराज र प्रसिद्ध कृष्णा ले २-२ विकेट लिए ।

  • साइ किशोर र कागिसो रबाडा ले १-१ विकेट लिए ।

गुजरातको ब्याटिङ प्रदर्शन

  • साई सुदर्शन (६३ रन, ४१ बल, ४ चौका, २ छक्का) ले लगातार दोस्रो अर्धशतक बनाए ।

  • शुभमन गिल (३८ रन, २७ बल, ४ चौका, १ छक्का) ले सुदर्शनसँग पहिलो विकेटमा ७८ रनको साझेदारी गरे ।

  • जोस बटलर (३९ रन, २४ बल, ५ चौका, १ छक्का) 

  • शरफेन रादरफोर्ड (१८ रन, ११ बल, २ छक्का) ले मध्यक्रममा रन थपे ।

मुम्बईको बलिङ

  • कप्तान हार्दिक पाण्ड्या ले २ विकेट लिए ।

  • सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट, दिपक चहर ले १-१ विकेट लिए ।

यो गुजरातको पहिलोजित हो (पहिलो खेलमा पञ्जाब किंग्ससँग हार) ।मुम्बईको लगातार दोस्रो हार (पहिलो खेलमा चेन्नईसँग हार) मुम्बईले गुजरातसँग नरेन्द्र मोदी स्टेडियममा खेलेको सबै ४ खेल हारेको छ ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Royal Challengers Bangalore 11 8 3 0 0 16 +0.482
Mumbai Indians 11 7 4 0 0 14 +1.274
Gujarat Titans 10 7 2 0 0 14 +0.867
Punjab Kings 10 6 3 0 1 13 +0.199
Delhi Capitals 10 6 4 0 0 12 +0.362
Lucknow Super Giants 10 5 5 0 0 10 -0.325
Kolkata Knight Riders 10 4 5 0 1 9 +0.271
Rajasthan Royals 11 3 8 0 0 6 -0.780
Sunrisers Hyderabad 10 3 7 0 0 6 -1.192
Chennai Super Kings 11 2 9 0 0 4 -1.117

प्रतिक्रिया