च्याम्पियन्स लिगमा रियल मड्रिडको लिभरपुलमाथि सानदार जित

Khel Sarokar

खेल सरोकार

च्याम्पियन्स लिगमा रियल मड्रिडको लिभरपुलमाथि सानदार जित

च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा सुरुवाती मिनेटमा २ गोलले पछि परेको रियल मद्रिडले एनफिल्डमा लिभरपुललाई ५-२ गोल अन्तरले जित हासिल गरेको छ ।

खेलको ४ मिनेटमा डार्विन नुनेजको गोल गरेर लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए | तेस्तै खेलको १४ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २ गोलको अग्रता दिलाएका थिए ।

तर, दुई गोलले पछि परेको रियलले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

खेलको २१ औं मिनेटमा भिनिसियस जुनियरले पहिलो गोल गरेका थिए ।

खेलको ३६ मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल गरे, लिभरपुल किपरले बल क्लियर गर्ने प्रयास गर्दा उक्त गोलले उनलाई छोयो र गोलमा परिणत भयो ।

पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । 

दोस्रो हाफ सुरु हुने बित्तिकै, खेलको ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गरेपछि रियल ३-२ ले अघि रह्यो ।

खेलको ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दा रियल ४-२ ले अघि रह्यो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-२ को जित दिलाए ।

च्याम्पियन्स लिगको खेलमा लिभरपुलले घरेलु मैदानमा ४ भन्दा बढी गोल खाएको यो पहिलो पटक हो ।

यस जितसँगै रियलको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ । लिभरपुललाई भने दोस्रो लेगमा फराकिलो जित आवश्यक भएको छ ।

दोस्रो खेल मार्च १६ मा म्याड्रिडमा हुनेछ ।

प्रतिक्रिया