स्वीट्जरल्यान्डमाथि गाेलवर्षा गर्दै पोर्चुगल विश्वकपकाे क्वाटरफाइनलमा

Khel Sarokar

खेल सरोकार

स्वीट्जरल्यान्डमाथि गाेलवर्षा गर्दै पोर्चुगल विश्वकपकाे क्वाटरफाइनलमा

कतार । फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक  गरेपछि पोर्चुगल फिफा विश्वकप कतार २०२२ काे क्वाटरफाइनलमा पुगेकाे छ । स्विट्जरल्यान्डमाथि ६–१ काे  फराकिलो जित दर्ता गर्दै पाेर्चुगल अन्तिम आठमा पुगेकाे हाे । राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले १-१ गोल थपे । म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया