'मलाई लाग्छ रोनाल्डोले कतार विश्वकपको फाइनल हेरेनन् होला, मेस्सीले जितेको हेर्न उनले सकेनन् होला'

Khel Sarokar

खेल सरोकार

'मलाई लाग्छ रोनाल्डोले कतार विश्वकपको फाइनल हेरेनन् होला, मेस्सीले जितेको हेर्न उनले सकेनन् होला'

एजेन्सी । कतारमा सम्पन्न विश्वकप जितेपछि अर्जेन्टिनी टिम यतिबेला खुसीयाली मनाइराखेको छ । विश्वकप फाइनल खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । पुर्व इंग्ल्याण्डका फरवार्ड ड्यारेन बेन्टले पोर्चुगी स्टार क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीले विश्वकप उपाधि जितेको खेल नरहेको हुनसक्ने बताएका छन् । 
अर्जेन्टिनाले विश्वकप जितेका कारण रोनाल्डो दुःखी भएको हुनसक्ने समेत उनले बताएका छन् । 
बेन्टले भनेका छन्,‘मेस्सीले अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएर हालसम्मकै सर्वोत्कृष्ट फुटबलर बन्न सफल भएका छन् । उक्त उपाधि जित्न रोनाल्डोले पनि हरसम्भव प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् । यसकारण पनि भित्रभित्रै जलिरहेका छन् ।’
पुर्व टोटनहम फरवार्ड समेत रहेका उनले भने,‘फुटबल इतिहासमा रोनाल्डोले समेत धेरै सफलता प्राप्त गरेका थिए । तर, मेस्सीले विश्वकप उपाधि जितेसँगै आफु आझेलमा परेको उनले महसुस गरेका छन् होला ।’ 

प्रतिक्रिया