काठमाडौं । युएईले तेस्रो एक दिवसीय खेलमा नेपाललाई जितका लागि एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतीमा एक सय ७६ रनको योगफल खडा गर्यो ।
९३–९ को स्थितीमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।
खानले ६३ बला सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे । त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे । नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए ।
तीन एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो ।
दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन् ।
प्रतिक्रिया