च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेनलाई २–० ले हराउँदै समग्रमा ३–० ले क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बायर्न म्युनिखका फरवार्ड एरिक-म्याक्सिम चौपो-मोटिङले आफ्नो पूर्व क्लब विरुद्ध गोल गरे र सर्ज गनाब्रीले दोस्रो गोल थपेपछि जर्मनले बुधबार पीएसजीलाई २-० ले हराएर च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।
२०१८-२० मा PSG बाट खेलेका ३३ वर्षीय चौपो-मोटिङले ६१ औं मिनेटमा लियोन गोरेट्जकाको असिस्टबाट ट्याप गर्दै गोल गरे।
पेरिसमा भएको पहिलो लेगमा १–० को जितपछि ८९औं मिनेटमा सब्स्टिच्युट गनाब्रीले गोल गर्दै आयोजकलाई समग्रमा ३–० को जित दिलाए ।
प्रतिक्रिया