बर्नाबाउमा आज भएको रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
एट्लेटिको मड्रिडका लागि जोसे गिमेनेजले ७८ औं मिनेटमा गोल गर्दै १-० अग्रता दिलाएका थिए ।
८५ औं मिनेटमा रियल मड्रिडका लागि अल्भारो रोड्रिग्वेजले गोल गर्दै १–१ को बराबरी गरे । रियल मड्रिडका लागि उनको यो पहिलो गोल हो । उनी रियल मड्रिडका लागि गोल गर्ने दोस्रो कान्छा खेलाडी पनि बनेका छन् ।
६४ औं मिनेटमा एट्लेटिकोका एन्जल कोरेयाले रातो कार्ड पाएका थिए । १० खेलाडी भए पनि एथ्लेटिकोले सुरुवाती गोल गर्न सफल भएको थियो ।
यो खेल बराबरी हुनुको अर्थ बार्सिलोनालाई फाइदा भएको छ । बराबरीपछि रियल मड्रिड ५२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । बार्सिलोना ५९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
बार्सिलोनाले आज (आइतबार) नेपाली समय अनुसार राति ११ः१५ बजे अल्मेरियासँग खेल्दैछ ।
बार्सिलोनाले अल्मेरियाविरुद्धको खेल जित्न सफल भएमा बार्सिलोनाले तालिकामा १० अंकको अग्रता लिनेछ ।
प्रतिक्रिया