काठमाठौं । यहि शुक्रबारबाट शुरु हुने भनिएको पहिलो संस्करणको नेपाल टी-२० लिग फेरी सरेको छ ।
यससँगै नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तयारीमा रहेको नेपाल टी-२० लिग तेश्रो पटक सरेको हो ।
क्यानले प्रतियोगिता संचालनको अधिकार सेभेन थ्री स्पोर्टसलाई दिएको थियो ।
तर संचालनको अधिकार प्राप्त गरेको सेभेन थ्री स्पोर्टसले प्रतियोगिताको शुरु हुने मितिको अघिल्लो दिनसम्म पनि तयारी पुरा गर्न नसकेका कारण प्रतियोगिता सार्न बाध्य भएको क्यान श्रोतले जनाएको छ ।
यसअघि प्रतियोगिता भोलि (शुधबार) बाट शुरु हुने तय भएको थियो । क्यान श्रोतका अनुसार अब केहिदिनसम्म सर्नेछ ।
क्यानका अनुसार विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रिया अझै पनि पुरा हुन नसकेको र आवश्यक तयारी पनि पुरा हुन नसकेका कारण प्रतियोगिता केहि समय सर्ने निश्चित भएको हो ।
यस्तै अबको मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध गरी क्यान आफैंले प्रतियोगिता आयोजना गर्नेसमेत जनाएको छ ।
प्रतिक्रिया