नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गरेको छ ।
देसाईले अफगानिस्तान, संयुक्त अरब इमिरेट्स, क्यान्डा, भारतीय क्षेत्रीय टोली र आईपीएल टोली राजस्थान रोयल्स र गुजरात लायन्ससँग प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्।
देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने क्यानको निर्णय राष्ट्रिय खेलकुद परिषद्बाट अनुमोदन भएको क्यानका एक सदस्यले बताए ।
केही महिनाअघिसम्म देसाई वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ प्रशिक्षक थिए ।
नेपालले ICC CWC लिग २ अन्तर्गत फेब्रुअरी १४ देखि स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक शृङ्खला खेल्दै छ ।
मनोज प्रभाकरले डिसेम्बर १५ मा पदबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघले जनवरीमा रिक्त स्थान खोलेको थियो ।
यसअघि सन् २०१५ मा देसाईले २०१५ आईसीसी विश्व ट्वान्टी–२० छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग काम गरेका थिए। देसाईले २०१७ मा ACC U19 पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको लागि नेपालको U19 टोलीको ब्याटिङ सल्लाहकारको रूपमा पनि काम गरिसकेका छन्।
प्रतिक्रिया