नेपाल विरुद्ध नामिबिया, नेपाललाई २८६ रनको लक्ष्य - Khel Sarokar

नेपाल विरुद्ध नामिबिया, नेपाललाई २८६ रनको लक्ष्य

Khel Sarokar

खेल सरोकार

नेपाल विरुद्ध नामिबिया, नेपाललाई २८६ रनको लक्ष्य

नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नामिबियाले नेपाललाई १० विकेट गुमाएर २८६ रनको लक्ष्य दिएको छ । नेपाललाई ५० ओभरमा ५.७ रन रेटका साथ २८६ रन आवश्यक छ ।

नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।  

सोमपाल कामीले २.५ ओभरमा लोहान्द्रे लुरेन्सको विकेट लिए । 

सन्दिप लामिछानेले १०.२ ओभरमा कार्ल बिर्केनस्टकको दोस्रो विकेट लिए । पिक्की या फ्रान्सको विकेट सन्दीपले ४८.१ ओभरमा लिए । उनले आफ्नो ओवरको अन्तिम बालमा  रुबेन ट्रम्पलम्यानको विकेट पनि लिए ।

करण केसीले ४६.६ ओभरमा माइकल भान लिङ्गेनको विकेट लिए । विकेट हुनुअघि माइकल भान लिङ्गेनले १३७ बलमा १३३ रन बनाएर शतक पूरा गरेका थिए । 

करण केसीले जान निकोल लोफ्टी-इटन, जान फ्रिलिन्क, बर्नार्ड स्कोल्ट्ज र जेन ग्रीनको पनि विकेट लिए।

कुशल मल्लले ३६.१ ओभरमा गेर्हार्ड इरास्मसको विकेट लिए । गेर्हार्ड इरास्मसले ७९ बलमा ५६ रन बनाएर अर्धशतक बनाए ।

फोटो क्रेडिट : क्यान 

प्रतिक्रिया