कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा जारी नेपाल टी–२० क्रिकेटमा अनलाइन बेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंग्सबीचको खेलमा हार जितको लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया