उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउटमा, गत संस्करणको हारको बदला पनि लियो - Khel Sarokar

उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउटमा, गत संस्करणको हारको बदला पनि लियो

Khel Sarokar

खेल सरोकार

उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउटमा, गत संस्करणको हारको बदला पनि लियो

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ को पोर्चुगल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ । गएराति लुसाएल रंगशालामा उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलका लागि दुबै गोल ब्रुनो फर्नान्डेजले गरे । उनले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेल सकिनै लाग्दा ९०(३ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ‌। लगातार दोस्रो जित निकालेको यो टोली ६ अंक सहित नकआउट चरणमा प्रवेश गरेको छ । 

प्रतिक्रिया