पंजाबको अजय यात्रा तोडियो, राजस्थानको शानदार जीत - Khel Sarokar

पंजाबको अजय यात्रा तोडियो, राजस्थानको शानदार जीत

Khel Sarokar

खेल सरोकार

पंजाबको अजय यात्रा तोडियो, राजस्थानको शानदार जीत

Rajasthan Royals ले Punjab Kings लाई हराउँदै आईपीएल २०२६ मा ठूलो उलटफेर गरेको छ। लगातार जित्दै आएको पंजाबको अजेय यात्रा अन्ततः राजस्थानले रोकिदिएको हो।

मंगलबार भएको खेलमा राजस्थानले ६ विकेटले शानदार जित निकाल्दै प्रतियोगितामा नयाँ मोड ल्यायो। टोलीको जितमा दक्षिण अफ्रिकी खेलाडी Donovan Ferreira हिरो सावित भए। उनले अविजित अर्धशतक प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

फरेराले शुबहम दुबे सँग मिलेर मात्र ३२ बलमा ७७ रनको साझेदारी गर्दै खेललाई एकतर्फी बनाएका थिए। यो साझेदारी नै जितको मुख्य आधार बन्यो।

यसअघि, पंजाबका लागि मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ६२ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो हारसँगै पंजाबको लगातार जितको श्रृंखला टुटेको छ भने राजस्थानले प्रतियोगितामा आफ्नो दाबेदारी अझ मजबुत बनाएको छ।

त्यस्तै, युवा खेलाडी Vaibhav Sooryavanshi पनि पछिल्लो समय उत्कृष्ट प्रदर्शनका कारण चर्चामा छन्, जसले यस खेललाई अझ रोचक बनाएको थियो।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Punjab Kings 7 6 0 0 1 13 +1.333
Royal Challengers Bangalore 8 6 2 0 0 12 +1.919
Sunrisers Hyderabad 8 5 3 0 0 10 +0.815
Rajasthan Royals 8 5 3 0 0 10 +0.602
Gujarat Titans 8 4 4 0 0 8 -0.475
Chennai Super Kings 8 3 5 0 0 6 -0.121
Delhi Capitals 8 3 5 0 0 6 -1.060
Kolkata Knight Riders 8 2 5 0 1 5 -0.751
Mumbai Indians 7 2 5 0 0 4 -0.736
Lucknow Super Giants 8 2 6 0 0 4 -1.106

प्रतिक्रिया