राजस्थान रोयल्स लाई म्याच फिक्सिङ आरोप - Khel Sarokar

राजस्थान रोयल्स लाई म्याच फिक्सिङ आरोप

Khel Sarokar

खेल सरोकार

राजस्थान रोयल्स लाई म्याच फिक्सिङ आरोप

काठमाडौं। इंडियन प्रिमियर लिग (IPL २०२५) को एक खेलमा राजस्थान रोयल्स (RR) ले लखनऊ सुपर जायन्ट्स (LSG) विरुद्ध २ रनले पराजय बेहोर्नु परेपछि यसको नतिजा प्रश्ननिय छ भन्ने आशंका राजस्थान क्रिकेट संघ (RCA) को अध्यक्ष समितिका संयोजक जयदीप बिहानीले उठाएका छन्। उनले यस खेलमा अनियमितताको सम्भावना रहेको संकेत गर्दै परिणाममा छेडछाड भएको आशंका जनाएका छन्।

यसप्रतिको प्रतिक्रियास्वरूप राजस्थान रोयल्सले राजस्थानका मुख्यमन्त्री, खेलमन्त्री र खेल सचिवलाई औपचारिक रूपमा शिकायत पत्र बुझाएको छ। राजस्थान रोयल्सले बिहानीको बयानलाई निराधार र आरोपलाई गम्भीर रूपमा लिँदै उनीविरुद्ध कडा कारबाहीको माग गरेको छ।

आईपीएलको विवादास्पद खेलपछि  राजस्थान क्रिकेट संघ (RCA) र  राजस्थान रोयल्सले (RR) बीच तनाव बढेको छ। यसले राजस्थान क्रिकेटमा नयाँ बहस सुरु गराएको छ भने BCCI (भारतीय क्रिकेट नियन्त्रण बोर्ड) ले पनि यस मामिलामा हस्तक्षेप गर्न सक्ने देखिन्छ। अहिलेसम्म BCCI वा IPL गभर्निंग काउन्सिलले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, यो मामिला क्रिकेट जगतमा ठूलो चासोको विषय बनेको छ।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Punjab Kings 7 6 0 0 1 13 +1.333
Royal Challengers Bangalore 8 6 2 0 0 12 +1.919
Sunrisers Hyderabad 8 5 3 0 0 10 +0.815
Rajasthan Royals 8 5 3 0 0 10 +0.602
Gujarat Titans 8 4 4 0 0 8 -0.475
Chennai Super Kings 8 3 5 0 0 6 -0.121
Delhi Capitals 8 3 5 0 0 6 -1.060
Kolkata Knight Riders 8 2 5 0 1 5 -0.751
Mumbai Indians 7 2 5 0 0 4 -0.736
Lucknow Super Giants 8 2 6 0 0 4 -1.106

प्रतिक्रिया