भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार दुई खेल हुदैछ ।
आजै हुने २८ औं खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार राति ७ः४५ देखि सुरु हुनेछ ।
आईपीएलको जारी सिजनमा दिल्ली क्यापिटल्स पहिलो जितको खोजीमा रहेको छ । दिल्ली क्यापिटल्सले अहिलेसम्म ५ खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ ।
सातौं स्थानमा रहेको कोलकाता नाइट राइडर्सले ५ खेल खेल्दा ३ खेलमा हार र दुई खेलमा पराजय भएको छ । कोलकाता नाइट राइडर्स पछिल्लो खेलमा मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भएको थियो ।
हालसम्म दिल्ली र कोलकाताले एकअर्काविरुद्ध ३२ म्याच खेलेका छन् । जसमा १६ खेलमा कोलकाता र १५ खेलमा दिल्ली विजयी भएको छ । यी दुई टोलीबीचको एक खेल भने स्थगित भएको थियो ।
जारी सिजनमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सको टोलीमा नयाँ कप्तान छन् । चोटका कारण श्रेयय अय्यर र ऋषभ पन्तले आइपिएल गुमाएपछि कोलकाता नाइट राइडर्समा नितिश राणा र दिल्ली क्यापिटल्समा डेविड वार्नर कप्तान बनेका छन् ।
गत संस्करणमा भएको दुवै खेलमा दिल्लीले कोलकातालाई हराएको थियो ।
प्रतिक्रिया