ईशान किशनको शतक, राजस्थानलाई हराउँदै हैदरावादको सानदार सुरुआत - Khel Sarokar

ईशान किशनको शतक, राजस्थानलाई हराउँदै हैदरावादको सानदार सुरुआत

Khel Sarokar

खेल सरोकार

ईशान किशनको शतक, राजस्थानलाई हराउँदै हैदरावादको सानदार सुरुआत

आइतबार, राजिव गान्धी इन्टरनेसनल स्टेडियममा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ। हैदरावादले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रनको विशाल लक्ष्य बनाएको थियो। यो हैदरावादले आइपिएल इतिहासमा बनाएको दोस्रो ठूलो स्कोर हो।

हैदरावादका ईशान किशनले आफ्नो पहिलो आइपिएल शतक बनाउँदै अविजित १०६ रनको शानदार इनिङ्स खेले। उनले ४७ बलमा ९ चौका र ६ छक्का प्रहार गरे। ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाए भने नितिश रेड्डीले ३० रन योगदान गरे। किशन र हेडले दोस्रो विकेटका लागि ३९ बलमा ८५ रनको साझेदारी गरेका थिए।

राजस्थानका तुषार देशपाण्डेले सर्वाधिक ३ विकेट लिए भने महेक थक्शेनाले २ र सन्दीप शर्माले १ विकेट लिए।

राजस्थानले २८७ रनको लक्ष्य पछ्याउँदै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४२ रन मात्र बनाउन सकेको थियो। राजस्थानका धुर्व जुरेलले ७० रन र सन्जु साम्सनले ६६ रन बनाए तापनि यो लक्ष्य पुग्न पर्याप्त रहेन।

हैदरावादका हर्षल पटेल र सिमरजित सिंहले समान २ विकेट लिए भने मोहम्मद सामी र एडम जाम्पाले १-१ विकेट लिए।

यस जितसँगै हैदरावादले अंक तालिकामा दुई अंक जोडेको छ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Punjab Kings 7 6 0 0 1 13 +1.333
Royal Challengers Bangalore 8 6 2 0 0 12 +1.919
Sunrisers Hyderabad 8 5 3 0 0 10 +0.815
Rajasthan Royals 8 5 3 0 0 10 +0.602
Gujarat Titans 8 4 4 0 0 8 -0.475
Chennai Super Kings 8 3 5 0 0 6 -0.121
Delhi Capitals 8 3 5 0 0 6 -1.060
Kolkata Knight Riders 8 2 5 0 1 5 -0.751
Mumbai Indians 7 2 5 0 0 4 -0.736
Lucknow Super Giants 8 2 6 0 0 4 -1.106

प्रतिक्रिया