दीपेन्द्रले हाने ६ बलमा ६ छक्का, नेपालको लगातार दोस्रो जित - Khel Sarokar

दीपेन्द्रले हाने ६ बलमा ६ छक्का, नेपालको लगातार दोस्रो जित

Khel Sarokar

खेल सरोकार

दीपेन्द्रले हाने ६ बलमा ६ छक्का, नेपालको लगातार दोस्रो जित

दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका छन्। दीपेन्द्रले २०औँ ओभरमा कमरान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन्। दीपेन्द्रले एशियाडमा मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए। उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। 

युवराज सिंह आईसीसी पुरुष T20 विश्वकप 2007 मा एक ओभरमा 6 छक्का प्रहार गर्ने पहिलो खेलाडी थिए। पोलार्डले 2021 मा कुलिजमा अकिला धनञ्जयालाई छ छक्का प्रहार गरेर कीर्तिमान बनाए।

साविक विजेता नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो। जितसँगै समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो। नेपालका दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६४ रन बनाए। दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए।  यस्तै, ओपनर आशिफले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरे। कुशल मल्ल ३५, रोहितकुमार पौडेल १८, कुशल भुर्तेल १२,  सन्दीप जोरा ७ र गुलशनकुमार झाले ५ रन बनाए। कतारका हिमान्शु राठोड र मुसावर शाहले ३/३ विकेट लिए। अमिर फारुकको नाममा १ विकेट रह्यो। 

नेपालले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभर नै ब्याटिङ गर्दै नौ विकेट गुमाएर १७८ रन बनायो । कतारका कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए। ३३ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे।मोहम्मद अहनफ २३, अदनान मिर्जा १९ र कामरान खानले १८ रन बनाउँदा हिमान्शु राठोड २२ रनमा अविजित रहे। नेपालका ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्शनकुमार झाले २/२ विकेट लिए। कुशल मल्ल र अविनाश बोहराको नाममा १/१ विकेट रह्यो।

 

प्रतिक्रिया