आईपीएल २०२५ : एमएस धोनी कप्तानको रूपमा फर्किए - Khel Sarokar

आईपीएल २०२५ : एमएस धोनी कप्तानको रूपमा फर्किए

Khel Sarokar

खेल सरोकार

आईपीएल २०२५ : एमएस धोनी कप्तानको रूपमा फर्किए

रुतुराज गायकवाड भाँचिएको कुहिनाको कारण प्रतियोगिताबाट बाहिरिएपछि एमएस धोनीले आईपीएल २०२५ को बाँकी खेलको लागि चेन्नईको कप्तानी गर्नेछन्। बिहीबार खेलअघिको पत्रकार सम्मेलनमा चेन्नई का प्रशिक्षक स्टीफन फ्लेमिङले यो कुराको पुष्टि गरे।

मार्च ३० मा राजस्थान रोयल्स विरुद्धको खेलमा तुषार देशपाण्डेको सामना गर्ने क्रममा २८ वर्षीय गायकवाडको कुहिनामा चोट लागेको थियो। यद्यपि उनले अर्को दुई खेलहरू, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विरुद्ध खेलेका थिए। 

चेन्नईलाई पाँच पटक आईपीएल उपाधि दिलाएका धोनी शुक्रबारदेखि चेन्नईमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलसँगै नेतृत्वको भूमिकामा फर्कनेछन्। पाँच पटकको विजेता टोलीका लागि यो चोट ठूलो धक्का हो, जसले आफ्नो पहिलो पाँच खेलमध्ये चार खेल हारेको छ र तालिकामा नवौं स्थानमा छ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Punjab Kings 7 6 0 0 1 13 +1.333
Royal Challengers Bangalore 8 6 2 0 0 12 +1.919
Sunrisers Hyderabad 8 5 3 0 0 10 +0.815
Rajasthan Royals 8 5 3 0 0 10 +0.602
Gujarat Titans 8 4 4 0 0 8 -0.475
Chennai Super Kings 8 3 5 0 0 6 -0.121
Delhi Capitals 8 3 5 0 0 6 -1.060
Kolkata Knight Riders 8 2 5 0 1 5 -0.751
Mumbai Indians 7 2 5 0 0 4 -0.736
Lucknow Super Giants 8 2 6 0 0 4 -1.106

प्रतिक्रिया