एसीसी मेन्स प्रिमियर कपमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनले हरायाे - Khel Sarokar

एसीसी मेन्स प्रिमियर कपमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनले हरायाे

Khel Sarokar

खेल सरोकार

एसीसी मेन्स प्रिमियर कपमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनले हरायाे

एसीसी मेन्स प्रिमियर कपमा आज बिहीवार नै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनले हराएको छ ।

टस जितेर ब्याटिङमा गरेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको सिंगापुरले ४३.१ ओभरमा १५४ रन मात्र बनाउन सक्यो।

बहराइनका लागि बहराइनका फियाज अहमेदले ५९ बलमा नौ चौका र एक छक्का प्रहार गरेर ७९ रन बनाए । साहबाज बाबरले ९८ बलमा आठ चौका र एक छक्कासहित ७६ रन बनाए । सोहाइल अहमेदले ४६, कप्तान हैदर बटले २९, मुहम्मद युनिसले २३ र जुनैद अजिजले ११ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ५१ रन बनाउँदा विनोथ वसकरणले २३ तथा थिलिप्पन ओमाइदुराइले २१ रन बनाए ।

सिंगापुरलाई लक्ष्यसम्म पुग्न नदिन बहराइनका इमरान अनवरले सर्वाधिक ४ विकेट लिँदा रिजवान बटले ३, अब्दुल मजिदले २ तथा अलि दाउदले १ विकेट लिएका थिए ।

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपाल र ओमन तथा मूलपानी क्रिकेट मैदानमा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया