ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको चौथो तथा अन्तिम खेलमा ललितपुर मेयर्स ११ विरुद्ध एपीएफकाे जीत ।
ललितपुर मेयर्स ११ फाइनलमा पुगिसकेको नेपाल एपीएफ क्लबसँग ३७ रनले पराजय भयो । एपीएफको यो लगातार चौथो जित हो भने ललितपुर मेयर्स ११ को यो लगातार चौथो हार हो ।
मंगलबार भएको खेलमा १११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७३ रन बनाउन सफल भए । ललितपुर मेयर्स ११का लागि सोनी पाख्रिनले १५ रन, सिमाना केसी र लक्ष्मी चौधरीले समान १०-१० रन बनाए ।
एपीएफका लागि राजमति ऐरी र विनु बुढाले २-२ विकेट लिए भने सीता राना मगर, सुष्मा श्रेष्ठ, इन्दु बर्माले १-१ विकेट लिन सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनायो। एपीएफका लागि राजमती ऐरीले ४१ रन बनाए, कप्तान सीता राना मगरले १९ र बिनु बुढा मगरले १२ रन बनाउन भए। ललितपुर मेयर्सका लागि सिमना केसी र श्रृष्टि जैसीले २-२ विकेट लिए ।
प्रतिक्रिया