आसिफ र सन्दिपको शानदार पारी, पीएनजी विरुद्ध कठिन जित - Khel Sarokar

आसिफ र सन्दिपको शानदार पारी, पीएनजी विरुद्ध कठिन जित

Khel Sarokar

खेल सरोकार

आसिफ र सन्दिपको शानदार पारी, पीएनजी विरुद्ध कठिन जित

क्यान ट्वीटर

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल र पीएनजीबीचको खेलमा पीएनजीले टस जितेर ब्याटिङ रोजेको थियो। युएईसँगको अघिल्लो खेलमा पराजित भएको नेपालले शीर्ष ३ स्थानका लागि पिएनजीविरुद्धको जित्नु पर्ने दबाब थियो । 

पीएनजीले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।

पीएनजीका लागि टोनी उराले ३९ रन, किप्लिन डोरिगाले २६ रन र हिरी हिरीले ३१ रन बनाए । अन्य खेलाडीले राम्रो खेल्न सकेनन् र व्यक्तिगत १६ भन्दा बढी रन बनाउन सकेनन् । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । सन्दिप लामिछाने, कुशल मल्ल र करण केसीले १–१ विकेट लिए ।

१ सय ८० रनको मध्यम स्कोर पछ्याउन खोजेको नेपालले पहिलो बलमै ओपनर कुशल भुर्तेलको विकेट गुमाएको थियो ।

नेपालले नियमित अन्तरालमा विकेट गुमाएको थियो । कुशल मल्लले इनिङ्सलाई नियन्त्रणमा राख्ने प्रयास गरे र आफ्नो विकेट गुमाउनुअघि २३ रन बनाए ।

नेपालको जितका लागि आसिफ शेखले ८६ रनको उत्कृष्ट पारी खेले । आसिफ र सन्दीपले क्रिजमा उभिएर ५० रनको साझेदारी गरेका थिए । 

सन्दीप लामिछाने ३५ रन बनाएर नटआउट रहे ।

नेपालले अर्को खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा फागुन २२ गते युएईसँग खेल्नेछ । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।

नेपालको अहिले ३० अंक छ, जुन युएईभन्दा १ अंकले पछि हो।

प्रतिक्रिया