लगातार ५ खेल जितेको नेपाल यूएइ सँग ६८ रन ले पराजित - Khel Sarokar

लगातार ५ खेल जितेको नेपाल यूएइ सँग ६८ रन ले पराजित

Khel Sarokar

खेल सरोकार

लगातार ५ खेल जितेको नेपाल यूएइ  सँग ६८  रन ले पराजित

लगातार ५ खेल जितेको नेपाल यूएइ  सँग ६८  रन ले पराजित भएको छ ।

युएइ मा भएको खेल मा नेपालले यूएइ लाई २०७ रन मा समेटेको थियो । २०८ रन को  लक्ष्य पछ्याउने क्रममा नेपालले १३९  रन बनाएको हो । नेपालका ब्याट्सम्यान कुशल मल्ल ,आसिफ शेख र  सन्दीप लामीछानेले क्रमशः ६० ,१७,  २६ रन बनाएका छन् भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बटुल्न सकेनन । युएइका लागि बलर रोहन मुस्तफा,पलानियापन मयप्पनलेले ३  -३ र जुनैद सिद्दिकी (२) , साबिर अली, जहुर खानले १-१  विकेट लिए ।

आज पनि नेपाल ले टस  जितेर यूएइ लाई ब्याटिंग को निम्तो दिएको खेल मा यूएइ ले २०७ रन बनाएको हो | २०७ रन बनाउने क्रममा यूएइका ब्याट्सम्यान आसिफ खान (७२),  वृत्य अरविन्द(१८ ), सीपी रिजवान(२२ ) ,रोहन मुस्तफा(५२),आर्यन लाक्रा (२८)  रन बनाएको हो । बलिंग तर्फ नेपालका बलर सन्दीप लामीछाने ले सर्बाधिक ३ विकेट लिए भने करण केसी,कुशल मल्ल र आरिफ शेख ले १ -१ विकेट लिएका थिए  ।

प्रतिक्रिया