एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रसारण ओएसआर स्पोर्टस् को यूट्युब च्यानलमा हुने ।
एसियन क्रिकेट काउन्सिलले ओएसआर स्पोर्टस् एसीसी प्रिमियर कपको डिजिटल स्ट्रीमिङ पार्टनर भएको जानकारी दिएको छ ।
वैशाख ५ गतेदेखि काठमाडौंमा हुने एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रसारण अब ओएसआर स्पोर्टस् को यूट्युब च्यानलमा हेर्न पाइने भएको छ । एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रीमिङ पार्टनर ओएसआर स्पोर्टस् बनेको छ ।
आगामी वैशाख ५ (अप्रिल १८) देखि वैशाख १८ (मे १) सम्म हुने प्रतियोगिताका खेल टीयू क्रिकेट मैदान र मूलपानी स्टेडियममा हुनेछन् ।
उद्घाटन खेलमा नेपालले मलेसियाको सामना गर्नेछ ।
प्रतियोगितामा कूल १० टीमको सहभागिता रहेको छ ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’मा परेको छ भने नेपालले लिग चरणमा मलेसिया, साउदी अरेबिया, कतार र ओमानको सामना गर्नेछ ।
एसीसी प्रिमियर कपको समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।
एसीसी प्रिमियर कप प्रतियोगिता जित्ने देश सिधै एसिया कपका लागि छनौट हुनेछ ।
प्रतिक्रिया