स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य - Khel Sarokar

स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य

Khel Sarokar

खेल सरोकार

स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य

काठमाडौं । जर्ज मुन्सेको अर्धशतप्रेरित स्कटल्यान्डले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालसामू दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए । मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मुन्शे सन्दीपको बलमा बोल्ड भएका थिए । मुन्शे आउट हुनुअघि स्कटल्यान्ड १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा थियो । मुन्शेको विकेटपछि इनिङ धरासयी बनेको थियो । मुन्शे १४ औं ओभरको पाँचौं बलमा सन्दीपलाई लगातार तीन चौका हान्ने आक्रममा बोल्ड हुन पुगेका थिए ।

लगत्तै अर्को बलमा कप्तान रिची बेरिंगटनलाई एलबीडब्लू आउट गर्दै शून्यमा पेभेलिएन फर्काउँदै सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा म्याथ्यु क्रसले दुई रन लिएपछि सन्दीप ह्याट्रिक गर्नबाट असफल भएका थिए ।

छैटौं विकेटका लागि क्रस र म्याकमुलनले ५७ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसीले तीन तथा कुशल मल्ल र ललितनारायण राजवंशीले समान एक विकेट लिए । 

यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।

यसै खेलमा केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए । 

प्रतिक्रिया