नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ - Khel Sarokar

नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ

Khel Sarokar

खेल सरोकार

नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ

हङकङ यू १९ ले टस जितेर ब्याटिङ रोजेको थियो। 

आजमानको मालेक क्रिकेट मैदानमा नेपाली समय अनुसार १० बजेर ४५ मिनेटमा खेल सुरु भएको हो ।

नेपालले दिएको १२१ रनको लक्ष्य २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।हेमन्त धामीले आज उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए र आफ्नो बलिङ स्पेल मा ३ ओभर कुनै पनि रन नदिएर मेडन ओवर दर्ता गरे  तथा आकाश चन्द र सुवास भण्डारीले २–२ विकेट लिए ।  दिपेश कँडेलले १ विकेट लिए ।

१२१  रनको टार्गेट पाएको नेपालबाट आकाश त्रिपाठी र अर्जुन कुमालले ब्याटिङ ओपन गरेका थिए । 

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले ।  उनले ६४ रन बनाए । अर्जुन कुमलले १२ बलमा १६ रन बनाए । नेपालको जितका लागि उत्तम रंगु थापा मगरले ३९ रन बनाए ।

हङकङका लागि डेनियल मोर्गन म्यापले १ मात्र  विकेट लिए ।

प्रतिक्रिया