आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २६.२ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो ।
यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाएका थिए । युएईका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट लिएका छन् । लिग २ मा युएई ३० खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
पीएनजी ३१ खेलमा ७ अंकका साथ पुछार स्थानमा छ ।
प्रतिक्रिया